काठमाण्डाै – पोर्चुगलका राष्ट्रपति मर्केलाे रिबेलाे डी साैसाले संसद् विघटन गर्दै अग्रिम चुनावकाे घोषणा गर्नुभएकाे छ ।राष्ट्रपति सौसाले हिजाे आइतवार संसद् विघटन गरिएको घोषणा गर्दै चुनावकाे मिति तोक्नुभएको हो । उहाँले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गर्नुभएको हो । सरकारको बजेट पारित गर्नका लागि ...