२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।
महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ …
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाँैडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटाँैडा उपमहानगरपालिका–१ मा रहेको हेटाँैडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको […]
रिपोर्ट नेगेटिभ आएपछि १० हजारमा बिक्री, नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पताल सिल
विदेश जाने नेपालीको नक्कली पिसिआर (पोलिमेरस चेन रियाक्सन) प्रतिवेदन चिकित्सककै योजनाअनुसार बनाइएको खुलेको छ । नक्कली पिसिआर प्रतिवेदन...
वैशाख २०, लहान । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।
ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।
उक्त अस्पतालको आकस्मिककक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जानकारी दिएको छ ।
कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जानकारी दिएको छ ।
संक्रमितमध्ये सात जना आइसोलेशनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेशनमा छन् । रासस
डाेटी - अछाम जिल्ला अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा मनोज वि...
गुल्मीका कोरोना भाइरस संक्रमितको उपचार गराइरहेको अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणले सुत्केरी महिलाको मृत्यु भए पछि धुलिखेल अस्पताल सिल गरियो । केहि दिन अगाडि त्रिवि शिक्षण अस्पताल अनि विपिकेआईएचएस धरानको प्रसुति विभाग सिल …