कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतकको मद्दतमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो । मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक