माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघीले योगदान गरेकाे छ : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् । माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै […] The post राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघीले योगदान गरेकाे छ : राष्ट्रपति भण्डारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रपतिको माघे सङ्क्रान्ति बालबालिकासँग

विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै रहेका बालबालिका त रमाए नै, राष्ट्रपति भण्डारी र सहभागी विशिष्ट व्यक्तिको अनुहारमा खुशी छाएको थियो । गीत गाइसकेपछि रोकायले मन नै भएन भने धनको काम नलाग्ने र धनभन्दा मन नै ठूलो हो भन्ने विचार दिएर मञ्चबाट ओझेल पर्दा उनलाई तालीको प्रशंसाको कुनै खडेरी परेन । अर्का विद्यार्थी गोविन्द सार्कीको ‘रेशम फिरिरी...’ धुनमा बाँसुरी बादन, बालबालिकाको अर्काे समूहको ‘च्वाङ्वा ओइ च्याङ्वा..’, ‘चिँ मुसी चिँ’, ‘झुम्रा’,

पर्वले देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेकाे छ : राष्ट्रपति भण्डारी

काठमाडौं :  राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।   शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति...