विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै रहेका बालबालिका त रमाए नै, राष्ट्रपति भण्डारी र सहभागी विशिष्ट व्यक्तिको अनुहारमा खुशी छाएको थियो । गीत गाइसकेपछि रोकायले मन नै भएन भने धनको काम नलाग्ने र धनभन्दा मन नै ठूलो हो भन्ने विचार दिएर मञ्चबाट ओझेल पर्दा उनलाई तालीको प्रशंसाको कुनै खडेरी परेन ।
अर्का विद्यार्थी गोविन्द सार्कीको ‘रेशम फिरिरी...’ धुनमा बाँसुरी बादन, बालबालिकाको अर्काे समूहको ‘च्वाङ्वा ओइ च्याङ्वा..’, ‘चिँ मुसी चिँ’, ‘झुम्रा’,