मिरुनासँग माफी माग्दै उपेन्द्रले भने,  ‘हाम्रो समाज साम्प्रदायिक भइसकेछ पत्तै भएन’

लेखक, कवि तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनाबाट सिर्जित परिस्थिति प्रति दुःख व्यक्त गरेका छन् । दुर्व्यवहार भोगेकी मिरुनामाथि गाली बर्सिरहेकोमा उनले आपत्ति जनाएका हुन् ।उनले लेखेका छन्,  'पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भ

सम्बन्धित सामग्री

लगानी व्यवस्थापनमा चुनौती: वातावरण नहुँदा बैंकमा रकमको थुप्रो

कुनै पनि देशको विकास एउटा जटिल प्रक्रिया र प्रतिफल दुवै हो । बहुआयामिक भएकाले विकासका क्षेत्रहरू पनि व्यापक छन् । विकास मीठो खिचडी पकाएजस्तो हो । सबै सामग्री मिल्यो भने मात्र खिचडी स्वादिलो हुन्छ । एउटा मात्रै सामग्री मिलेन भने खिचडी मीठो र पोषक हुँदैन । विकासका लागि पनि धेरै पक्ष र पात्रहरूको योगदान र भूमिका रहन्छ । व्यावहारिक नीति, कानून, योजना, कार्यक्रम, बजेट, जनशक्ति, समन्वय र सहयोगबाट मात्र विकासको प्रतिफल चाख्न पाइन्छ । देशको विकासका लागि आधुनिक नेपालको निर्माणपछि विगत २५० वर्षमा यिनै पक्ष तयार गर्ने र परिचालन गर्ने काममा शासक–प्रशासकहरू लागेका छन् । राजनीति, प्रशासन र व्यवस्थापनका सिद्धान्तहरू व्यवहारमा उतार्ने प्रयास भएका पनि छन् । यसकै फलस्वरूप देशको विकास धिमा गतिमा र समतामूलक नभए तापनि केही मात्रामा भएको चाहिँ छ । तर, केके नमिलेर हो कुन्नि तुलनात्मक हिसाबले हामी अद्यापि अतिकम विकसित देशको स्तरमा छौं । यस आलेखमा देशको विकासमा देखिएका केही समसामयिक सवालहरूको समीक्षा गर्ने प्रयास गरिएको छ । विकासका लागि शान्ति र शान्तिका लागि सत्य निरूपण जरुरी रहेको छ । तर, विगतमा ठोस काम हुन नसकेको, कानूनी जटिलता भएको, अर्धन्यायिक विषय भएकाले राजनीतिक तहबाट सहमति गरेर अगाडि बढनुपर्ने, तत्कालीन सरकार र माओवादी बीच संवत् २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताबमोजिम तर्जुमा भएको २०७१ सालको ऐनले समाजमा मेलमिलाप र शान्ति कायम गर्न नसकेकोे अवस्था छ । सनातन संस्कृतिमा क्षमादानलाई सबभन्दा ठूलो दान मानिएको भए तापनि क्षमादान एउटा बहादुरीपूर्ण काम हो । आफ्नै मनलाई जितेर आत्मज्ञान प्राप्त गरेको व्यक्तिले मात्र क्षमा दिन सक्छ । जसले गल्ती गरेको भए तापनि कर्मको फल नभोगी सुख नहुने विधिको विधान रहेको भन्ने धार्मिक–आध्यात्मिक मत रहेको छ । मैले बेलायतमा पढ्दा अक्सफोर्ड शहरको काउली रोडको एउटा चर्चको बाहिर ठूलो बोर्डमा एडभेन्चर इन फरगिभनेश लेखेको हुन्थ्यो । यसको अर्थ अहिले नेपालको द्वन्द्वका हिंसात्मक घटनाको सत्य निरूपण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन भइरहेको जटिलतालाई हेरेर बुझ्दै छु । यसमा सबै पीडितले पीडकलाई माफी दिए शान्ति कायम हुन सक्छ । तर, न त माफी दिन सकिन्छ न त यसरी माफी दिँदा दण्डहीनताको अन्त्य हुन सक्छ । फेरि पनि ज्ञानी भएर क्षमा दिनु नै यसको अन्तिम समाधान हुने तर्क हो । हिंसा अज्ञानीले गर्ने हो, क्षमा ज्ञानीले दिने हो । यस्तो भावनाले पीडकले क्षमा माग्ने र पीडितले माफी नदिने हो भने व्यक्ति र समाजमा क्रोधको आगो दन्किरहन्छ र यसले शान्तिलाई ध्वस्त पारिरहन्छ । अहिले देशले भोगेको यही दशा हो । नागरिकको पोलेको र पाकेको मनले देशमा नकारात्मक ऊर्जा सृजना गर्छ । यसले व्यक्ति र समाजको विकासलाई नि:सन्देह अवरुद्ध पार्छ । यस्तो अवस्थामा हामीले प्राप्त गर्ने केही अंकको आर्थिक वृद्धि पनि विकासमा रूपान्तरण हुन सक्दैन ।  नेपालको विकासको अर्को समसामयिक चुनौती लगानी व्यवस्थापन हो । विकासका लागि लगानी चाहिन्छ तर देशमा लगानीयोग्य वातावरण नभएर बैङ्कमा रकम थुप्रिएको बताइन्छ । लगानीका लागि वित्तीय र मौद्रिक नीतिको तादात्म्य चाहिन्छ । यहाँनेर उद्योग र व्यापार नीति पनि आकर्षित हुन्छन् । चर्को ब्याजदरले लगानीलाई निरुत्साहित गर्छ । कमाएको नाफा ब्याज तिरेर सकिने भएपछि कसैले कर्जा लिएर लगानी गर्दैन । ब्याजभन्दा मुनाफा अधिक नहुने भएमा ब्याज खाँदा फाइदा हुन्छ । लगानीको सुरक्षा उत्तिकै महत्त्वपूर्ण पक्ष हो । यस्तो सुरक्षा भएन भने स्वदेशी पूँजी पलायन हुन्छ भने विदेशी पूँजी पनि आकर्षित गर्न सकिँदैन । उद्योग खोल्न पनि केही समयका लागि संरक्षण चाहिन्छ । सस्ता विदेशी वस्तुसित नेपाली वस्तुले प्रतिस्पर्धा गर्नु बाघ र बिरालो लड्नु बराबर हो । त्यसैले औद्योगिकीकरणका लागि व्यापार नीति सही हुनुपर्छ र उद्योग नहुने देश मासिन्छ नै भनिएको छ । अहिले नेपाल यही दिशामा छ । अर्थतन्त्रमा उद्योग अंश घट्दै जानु, अर्थतन्त्र आयातमा अधारित बन्दै जानु र कामको खोजीमा नेपालीहरूले विदेशिन बाध्य हुनु यसैको प्रमाण हो । यसको सटिक समाधान स्वदेशी उत्पादनका लागि लगानी नै हो । सार्वजनिक क्षेत्रका कतिपय विकासका आयोजना थला परेकाले पनि विकास अवरुद्ध भएको छ । ५–१० वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाहरू २०–२५ वर्षमा पनि सम्पन्न भएका छैनन् । आयोजनामा अनुशासन पालना नभएको अवस्था छ । जवाफदेहीसम्बन्धी संयन्त्र कमजोर छ । उपल्लो तहको मिलेमतोमा आयोजना बनाएर भन्दा लम्ब्याएर लुट्ने प्रवृत्ति झाँगिएको छ । यस्तो विकृति राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहको आयोजनासम्म छ । यसले एकातिर सरकारी लगानीको दुरुपयोग भएको छ भने अर्कोतिर आयोजनाको प्रतिफल निर्धारित समयमा प्राप्त गर्न नसक्दा विकास अवरुद्ध भएको छ । आयोजनाको पहिचान, छनोट, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका सबै चरणमा कमीकमजोरी रहेका छन् । कतिपय आयोजनाको डिजाइनर र व्यवस्थापकहरू नै रणनीतिक तहको संरक्षणमा नैतिक हराम छन् । यिनीहरूमा देशको विकास गर्ने सोच र इमानदारीको सर्वथा अभाव छ । देशमा संस्थागत सुशासनको अवस्था पनि कमजोर छ । सहकारी र लघुवित्त संस्थाहरू लाखौं बचतकर्तालाई प्रतिकूल प्रभाव पार्ने गरी डुबेका छन् । सञ्चालकहरू पैसाको कुम्लो बोकेर भागेका छन् । सार्वजनिक संस्थानहरू र निजी प्रतिष्ठानहरूमा सुशासनको कमी छ । संचालनमा पारदर्शिता छैन । निहित व्यक्तिगत स्वार्थले संस्थागत स्वार्थलाई छायामा पारेको छ । सञ्चालक र व्यवस्थापन सुविधामुखी बनेकाले मुलुकमा असमानता बढाउन उद्यत छन् । सामाजिक उत्तरदायित्व देखाबटी छ । आन्तरिक नियन्त्रण कमजोर छ । नेतृत्व यस्ता संस्थाहरूको कामकारबाहीबाट समग्र अर्थतन्त्र, समाज र पर्यावरणमा पर्ने असर र प्रभावका बारेमा बेखबर देखिन्छ । सबैले छिटो र सहज तरिकाले कमाउन खोजेको देखिन्छ । निजीक्षेत्र नियामक निकायहरूको कार्यसम्पादन पनि प्रभावकारी छैन तर यिनीहरूलाई जवाफदेही बनाउन सकिएको छैन । देशमा संस्थागत सुशासनको अवस्था कमजोर छ । सहकारी र लघुवित्त संस्थाहरू लाखौं बचतकर्तालाई प्रतिकूल प्रभाव पार्ने गरी डुबेका छन् । सञ्चालकहरू पैसाको कुम्लो बोकेर भागेका छन् । सार्वजनिक संस्थानहरू र निजी प्रतिष्ठानहरूमा सुशासनको कमी छ । निहित व्यक्तिगत स्वार्थले संस्थागत स्वार्थलाई छायामा पारेको छ । मुलुकको विकासको मेरूदण्डको रूपमा रहेको कृषिक्षेत्र जर्जर बन्दै गएको छ । कृषिमा आत्मनिर्भर हुने पर्याप्त आधार भए तापनि वार्षिक करीब ३ खर्बको खाद्यान्न आयात गर्नु परेको छ । नयाँ कृषि गणनाले विगत १० वर्षमा कृषि गरिएको जमिन ३ लाख ८ हजार हेक्टरले घटेर २२ लाख १८ हजार हेक्टरमा सीमित भएको देखाएको छ । तर, खेती गर्ने परिवारको संख्या भने ३ लाखले बढेर ४१ लाख ३१ हजार पुगेको पाइएको छ । नेपालमा ६६ लाख ६६ हजार ९ सय ३७ परिवार रहेकाले करीब ६२ प्रतिशत परिवारहरू कृषिमा संलग्न रहेको देखिन्छ । यी नै परिवारहरूलाई कृषि उत्पादनमा प्रेरित गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकेमा देशले एउटा फड्को मार्ने थियो । देशको विकासका लागि कृषिक्षेत्रले उद्योग र सेवाक्षेत्रको विकासलाई टेवा दिन्छ । खाद्य सुरक्षा मानव सुरक्षाको अभिन्न अङ्ग हो । नीति–निर्माताले यो तथ्यलाई नबुझ्दा देश आयातमुखी बनेको छ, कृषिमा युवाको आकर्षण घटेको छ र देशले दिगो विकासको आधार  गुमाउँदै गएको छ ।  अन्त्यमा, देशको विकास बहुआयामिक प्रक्रिया हो । विकास मानव सभ्यताको शुरुआतसँगै स्वस्फूर्त रूपमा भएको भए तापनि आधुनिक नेपालको २५० वर्षको इतिहासमा विकासको लागि संगठित प्रयास भएको देखिन्छ । यसले गर्दा देशको भौतिक र मानवीय क्षेत्रमा केही विकास भएको भए तापनि यस्तो विकास समतामूलक छैन । विगतमा गरिएको राष्ट्रिय बजेटको असमान वितरण पनि विकास न्यायपूर्ण हुन सकेन । द्वन्द्वका बाछिटा कायमै रहनुले गर्दा शान्तिको वातावरण नहुनु, विकासका सम्भावना भएका क्षेत्रमा लगानी बढाउन नसक्नु, विकास आयोजनाबाट अपेक्षित प्रतिफल हासिल गर्न नसक्नु, संस्थागत सुशासन कायम गर्न नसक्नु र कृषिक्षेत्र ओझेलमा पर्दै जानुले देशको विकास प्रयासले अपेक्षित नतिजा नदिएको अवस्था हामीले सामना गरिरहेका छौं । यी क्षेत्रमा शीघ्र सुधार गरी विकासको मूल फुटाउनु मुलुकका सबै जिम्मेवार नीति–निर्माता, कार्यान्वयनकर्ता, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको कर्तव्य हो । लेखक राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

अपूर्व क्षितिजको पक्षमा बोल्दै रवीन्द्रले भने, 'उनीमाथि अति नगरौँ!'

काठमाडौं : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हिरासतमा रहेका अपूर्व क्षितिजको पक्षमा मुख खोलेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले जातीय भावना/सद्भाव कसरी कमजोर हुँदै गएको पनि बताएका छन्।जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाती फुलाएर, नेता भएर हिँडेको भन्दै उनले अपूर्व क्षितिजले माफी मागिसक्दा पनि उनीमाथि यो ज्यादती भएको बताए।क्षितिजलाई अति नगर्न उनले उल्लेख गरेका छन्।  'समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी/हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कैयौँ देशम

किन बारम्बार अवरुद्ध हुन्छन् फेसबुक जस्ता सेवा सोसियल मिडिया ?

फेसबुकका संस्थापक र प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत साता फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध भएको करिब छ घण्टा पछि लेखे: 'आजको अवरोधको लागि माफ गर्नुहोस्।'थाहा छैन जुकरबर्गले उनको फेसबुक पोस्टमा आएका सम्पूर्ण प्रतिक्रिया पढ्छन् या पढ्दैनन्। यदि उनले माफी मागेको पोस्टमा आएका सबै प्रतिक्रिया पढे भने त्यसका लागि उनले ननिदाई १४५ दिन बिताउनु पर्नेछ।अवरोधकमा लागि फेसबुकले नियमित मर्मतसम्भारको कामलाई अवरोधको कारण ठहरायो। इन्जिनियरहरूले जारी गरेको एक आदेशले गर्दा फेसबुक डेटा केन्द्रहरू अप्रत्याशित रूपमा इन्टरनेटबाट विच्छेद भए।उक्त घटनापछि जुकरबर्गले माफी मागेको पोस्टमा ८,२७,००० ले प्रतिक्रिया जनाएका थिए। कसैले नामिबियाबाट लेखेको थियो: “यो घटना त भयानक थियो। मलाई मेरो परिवारसँग कुरा गर्नु थियो।”त्यस्तै इटालीका एक प्रयोगकर्ताले लेखे: “मैले त आफ्नो मोबाइल बिग्रियो भन्ने ठानेर मर्मत केन्द्र पुर्‍याएँ।” “एउटै समयमा सबै सेवा ठप्प गर्न हुँदैन थियो। त्यसको असर अकल्पनीय छ,” एक नाइजेरियाली व्यापारीले निराशा र क्रोध व्यक्त गरेका छन्।भारतका एक जनाले त अवरोधका कारण आफ्नो व्यवसायमा परेको असरको क्षतिपूर्ति नै मागेका छन्। के स्पष्ट देखियो भने फेसबुकका यी सेवाहरूमा अर्बौँ मानिस निर्भर भएका छन्।यी सामाजिक सञ्जालहरू मनोरञ्जनका लागि मात्र नभई सञ्चार र व्यापारका लागि समेत प्रयोग भएका छन्। त्यस्तै यो एक पटकको मात्र समस्या नहुने पनि प्रस्ट भएको छ। विज्ञहरूले यस्तो समस्या बारम्बार हुने र अधिक समयका लागि हुने चेतावनी दिएका छन्।डाउन डिटेक्टरका प्रमुख प्राविधिक अधिकारी ल्यूक डेरिक्स भन्छन्, 'पछिल्लो केही वर्षहरूमा इन्टरनेट सामग्रीको वितरणका लागि सीमित सङ्ख्याका सञ्जाल र कम्पनीहरू प्रतिको निर्भरता बढेको छ।'“जब तिनीहरूमध्ये एक वा एकभन्दा बढीमा समस्या आउँछ तब ती सेवा प्रदायकबाहेक सयौँ हजार अन्य सेवा समेत प्रभावित हुन्छन्,” उनी भन्छन्।उदाहरणको लागि हाल फेसबुक स्मार्ट टिभीजस्ता विभिन्न उपकरणमा साइन-इन गर्नका लागि उपयोग गरिन्छ।“र त्यसैले आजभोलि धेरै इन्टरनेट अवरुद्ध हुन्छ,” डेरिक्स भन्छन्,”सेवा ठप्प हुन्छ र हामी सबै एक अर्कालाई प्रश्न गर्छौँ – लौ, अब हामी के गर्ने?”डेरिक्स र उनको समूह डाउन डिटेक्टरमा वेबसाइट र वेब सेवामा आउने व्यवधानको निगरानी गर्छन्। उनका अनुसार प्रमुख सेवाहरू प्रभावित गर्ने खालका व्यापक इन्टरनेट आउटेज लगातार र अत्यधिक गम्भीर हुँदै गएका छन्।“जब फेसबुकमा कुनै समस्या देखिन्छ तब इन्टरनेटमा त प्रभाव पर्छ नै साथै अर्थतन्त्र र समाज पनि प्रभावित हुन्छ। लाखौँ या सम्भवतः हजारौँ लाख मानिस कतिखेर क्यालिफोर्निया स्थित एउटा सानो समूहले सबै कुरा ठिक पार्छन् भन्ने पर्खेर बस्छन्। रोचक त के भने केही वर्षयता यस्ता घटना बढेको छ।“इन्टरनेटका सेवामा समस्या आएका महत्त्वपूर्ण घटनाहरूअक्टोबर २०२१: फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब छ घण्टाका लागि अवरुद्ध भए। ट्विटरलगायत अन्य साइटहरू पनि अत्यधिक चापका कारण प्रभावित भएजुलाई २०२१: एअरबीएनबीलगायत ४८ भन्दा बढी सेवा प्रदायक एक घण्टासम्म अवरुद्ध भए। अकामाइको डोमेन नेम सिस्टम डिएनएसमा एउटा समस्या देखिएपछि समस्या आएको थियोजुन २०२१: अमेजन, रेडडीट, ट्वीच, गीटहब, स्पोटिफाइ र अन्य समाचारका साइटहरू करिब आधा घण्टाको लागि अवरुद्ध भए। एक प्रयोगकर्ताले क्लाउड कम्प्युटिङ सेवा प्रदायक फास्ट्ली प्रयोग गर्दा त्यसअघि कहिल्यै नदेखिएको प्राविधिक समस्याले सेवाहरू अवरुद्ध पारेको बताएडिसेम्बर २०२०: जिमेल, युट्युब र गुगलका अन्य सेवाहरू एकपछि अर्को गर्दै करिब ९० मिनेटका लागि अवरुद्ध भए। कम्पनीले बताए अनुसार ‘आन्तरिक भण्डारण कोटा समस्या’को कारण उक्त घटना घटेको थियोनोभेम्बर २०२०: अमेरिकास्थित अमेजन वेब सेवा केन्द्रमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ अनलाइन सेवाहरू घण्टौँ अवरुद्ध भए। यसको प्रभाव उत्तर अमेरिकामा धेरै देखियोमार्च २०१९: फेसबुक, इन्स्टाग्रम र ह्वाट्सएप सबै सेवाहरू बन्द भए वा करिब १४ घण्टाका लागि अवरुद्ध भए। स्वाभाविक रूपमा सेवा अवरुद्ध भएको कुनै क्षण मानिसहरू साइबर हमलाका कारण यस्तो भएको हो कि भनेर चिन्तित हुन्छन्।तर विज्ञहरूले सुझाए अनुसार धेरै जस्तो अवस्थामा सामान्य मानवीय त्रुटिका कारण यस्तो घटना घट्छ र असर विस्तारित देखिन्छ।उनीहरू थप्छन्, ”इन्टरनेटलाई जटिल, पुराना उपकरणहरूले जोडेको हुन्छ जसका कारण सानो गल्ती पनि ठूलो आकारको भइदिन्छ।“फेसबुकको सेवा अवरुद्ध भएको समयमा विज्ञहरूले सामाजिक सञ्जाल ट्विटरमा मजाक गरे: 'सेवा अवरुद्ध हुनुको कारण ‘स्पाइस गर्ल नामक साङ्गीतिक समूहभन्दा पनि पुरानो उपकरणहरू’ र ‘न्याप्किनको पछाडि बनाइएका उपकरणको डिजाइन’ हुन्।'इन्टरनेट वैज्ञानिक प्राध्यापक बिल बुखानानले उक्त तुलनासँग सहमति जनाउँदै भने, ”इन्टरनेट डार्पा नामक रक्षा संस्थाले डिजाइन गरेको विस्तारित नेटवर्क हो। इन्टरनेटको असली योजनाकारहरूले त्यस्तो नेटवर्क बनाउन चाहेका थिए जसले परमाणु आक्रमण वा त्यसको कुनै भाग थेग्न सकोस्।”“इन्टरनेटमा प्रयोग हुने अवधारणाहरू मेनफ्रेम भनिने पुरानो कम्प्युटरको सुस्त टर्मिनलमा प्रयोग हुन्थे। भित्री पूर्वाधारमा कुनै एउटा मात्र समस्या देखिए पनि पूरै संरचना ध्वस्त हुन सक्थ्यो।”प्राध्यापक बुखानान इन्टरनेटलाई केही सुधारहरू गरेर थप लचिलो बनाउन सकिने बताउँछन्। तर इन्टरनेटका कैयौँ आधारभूत कुराहरू नै सुधार नहुने खालका भएको उनको तर्क छ।सामान्यतया प्रणालीहरू चालु अवस्थामा हुन्छन् र एक दिनका लागि इन्टरनेट बन्द गरेर त्यसलाई सुरुबाट बनाउन मिल्दैन,” उनले भने। प्रणालीहरू र इन्टरनेटको संरचना फेरि बनाउनुको साटो प्राध्यापक बुखानान सुझाउँछन्: 'हामीले डेटा भण्डारण गर्ने र साझा गर्ने तरिकामा सुधार ल्याउन जरुरी छ। अन्यथा भविष्यमा सेवा आम अवरुद्ध हुने जोखिम पटक पटक सामना गर्नुपर्छ।'उनी तर्क गर्छन्, 'इन्टरनेट निकै नै केन्द्रीकृत भयो। जहाँ एउटा स्रोतबाट ठुलो परिमाणमा डेटाहरू आउँछन्। यो प्रवृत्ति उल्टिनु जरुरी छ। जहाँ प्रणालीहरूसँग विभिन्न हाँगाहरू जोडिएका हुन्छन् ताकी कुनै एकमा समस्या देखिँदा सम्पूर्ण सेवा अवरुद्ध हुँदैन।'यहाँ आशाजनक अवस्था पनि छ। धेरै जसो इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताको जीवन र व्यापार प्रभावित हुन्छन्। तर सेवा अवरुद्ध हुँदा इन्टरनेट र वेब सेवाहरू समस्या पहिचान गरेर थप लचिलो बनाउन मद्दत पुर्‍याउँछ।उदाहरणका लागि फोर्ब्सले आकलन गरे अनुसार फेसबुकले छ घण्टा सेवा अवरुद्ध हुँदा साढे छ लाख अमेरिकी डलर बराबर क्षति व्यहोर्नु पर्‍यो।यति रकम विज्ञापनदाताहरूले छोड्नुका कारण अथवा निलम्बन गर्नुका कारण देखिएको हो। यस्तो किसिमको क्षति दोहोरिन नदिन फेसबुकले धेरै नै मिहेनत गर्नेछ। -बिबिसी