पात र बोक्राले पैसा फलाउने बिरुवा : तेजपात

केटाकेटी हुँदाको याद आउँछ, धेरै बिरुवाका पातका पैसा बनाएर खेलेको। आहा ! त्यतिबेला सबै कुरा आउँथ्यो हरेक रूखका पातका पैसाले। अहिले जमाना बदलियो, पैसा खोज्न देशभित्र दौडेर मात्रै हुँदैन। कतै पहिचान गुमाएर त कतै पहिचान …

सम्बन्धित सामग्री

रोपिए एक लाख बिरुवा

रुकुमपश्चिमका विभिन्न स्थानमा एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुमपश्चिमले निःशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ बिरुवा आर्थिक वर्ष २०७९/८० मा रोपिएका हुन् । कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार विभिन्न प्रजातिका सात हजार ८२३ वटा बिरुवा निःशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदान कार्यक्रम अन्तर्गतबाट रोपिएको हो । निःशुल्क वितरण गरिएका बिरुवा विभिन्न सार्वजनिक क्षेत्र, अतिक्रमित क्षेत्र, निजी क्षेत्र, सडक किनारा र सामुदायिक वन क्षेत्रमा रोपिएको बताइन्छ । कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत कपुर, बेल, गुलमोहर, लप्सी, कल्की, सिसौ, बकाइनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लोलगायत बिरुवा निःशुल्क वितरण गरेको थियो ।

रम्भाको सडक छेउमा दुई हजार बिरुवा रोपियो

पाल्पाको रम्भा गाउँपालिका–३, स्थित पिपलडाँडाको बेलपानी–मौलाथर सडक छेउमा एकै दिन दुई हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । मोटरबाटोको छेउमा सफेदा, बकाइनो, अशोका, लहरेपिपल, अमला, तेजपात, कागती लगायतका बिरुवा रोपिएको हो ।

वन दिवसको अवसरमा सिद्धथान सामुदायिक वनमा वृक्षारोपण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सातौँ सामुदायिक वन दिवस २०७९ को अवसर पारेर डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा बिहीबार सामुदायिक वन तथा सामुदायिक वनको भवन आसपासमा रुद्राक्ष, तेजपात, मसला, दाँते ओखर, पैयुँ लगायतका रुखका बिरुवा रोपिएको हो ।   दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका […]

विश्व वातावरण दिवसमा वृक्षरोपण

गुल्मी : विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर–९ मा रहेको धरामुल सामुदायिक वनको क्षेत्रमा ६ प्रकारका एक सयभन्दा बढी बिरुवा रोपेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए।रोपिएका बिरुवामा कल्की, धुपी, पारिजात, तेजपात, रिठा र चाँप रहेको सापकोटाले बताए। पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ बिरुवा रोपिएको हो।बिरुवा रोप्दै गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद

पहिलो पटक प्राकृतिकरुपमा सालको बिउबाट बिरुवा उत्पादन

डिभिजन वन कार्यालय धनुषाले निःशुल्क वितरण गर्न पहिलो पटक सालको बिरुवा उत्पादन गरेको छ । मसला, निम, तेजपात सिसोलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दैआएको भए पनि प्राकृतिकरुपमा उम्रेका सालको बिउबाट बिरुवा उत्पादन गरेको यो पहिलो पटक भएको बताइएको छ ।

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

बनेपा, २६ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपे । गाउँमा नै फलफूल नर्सरी राखेर वार्षिक ३०-३५ हजार आम्दानी गर्दै आएका उनले सामुदायिक वनमा पनि फलफूल रोप्न पाएकोमा खुशी व्यक्त गरे । उनले मात्रै होइन, सो सामुदायिक वनका अन्य उपभोक्ताले पनि कागती, तेजपात र एभोकाँडोका […]

कञ्चनपुरमा ७ लाख बिरुवा वितरण

कञ्चनपुर । वनमाथिको निर्भरता कम गर्न कञ्चनपुरमा ७ लाख २५ हजार बिरुवा वितरण गरिएका छन् । वितरण गरिएका बिरुवा सामुदायिक वन, निजी जग्गा, नदी तटीय लगायत क्षेत्रमा वृक्षरोपण गरिएका छन् । वृक्षरोपणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले २लाख ४० हजार, ब्रह्मदेव सबडिभिजन वन कार्यालयले १ लाख ८० हजार, शुक्लाफाँटाले ५० हजार, वाणीले ८० हजार, पिपरैयाले २७ हजार, लालझाडीले ५० हजार र कुण्डा सब डिभिजन वन कार्यायले १ लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार उत्पादन गरिएका बिरुवामा भिमल, बडहर, बकाइनो पारिजात, अमला, हर्रो, बर्रो, तेजपात, रिठा, धुपी सल्ला, सीताफल, गोल्डमोहर, कल्कीफूल, राजवृक्ष, वियसाल, बेल, ढाँक, इमली, अशोक, क्यासिया सेमिया, अशोक, क्यासिया ग्लूकालगायत २५ प्रजातिका बिरुवा छन् ।      प्रतिबिरुवा उत्पादन गर्न डिभिजन र सब डिभिजन वन कार्यालयले १० का दरले रकम खर्च गरेका छन् । उत्पादित बिरुवामध्ये जडीबुटी प्रजातिका मात्रै ८० हजार बिरुवा वितरण गरिएको सूचना अधिकारी अवस्थीले बताउनुभयो । वितरण गरिएका वनजन्य, जडीबुटी र सौन्दर्य अभिवृद्धिका लागि बिरुवा ५०० हेक्टर क्षेत्रफलमा रोपिएका छन् । ‘विगतका वर्षहरुमा थोरै मात्रै बिरुवा उत्पादन हुँदै आएका थिए,’ सूचना अधिकारी अवस्थीले भने, ‘हाल बिरुवाको माग बढ्न थालेपछि नर्सरीमा बिरुवा उत्पादनको कार्यलाई दोब्बर बनाइएको छ ।’ उनका अनुसार विगतमा दुई लाखदेखि चार लाखको हाराहारीमा बिरुवा उत्पादन हुने गरेका थिए । यस वर्ष ८ लाख बिरुवा उत्पादन गरिएका छन् । सामुदायिक वन, निजी जग्गा, नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यलाई निरन्तरता दिइँदै आएपछि वनबाट हुने काठ र दाउराको आपूर्तिमा कमी आएको छ । स्थानीय स्तरबाटै दाउरा र काठको आपूर्ति हुन थालेपछि वन क्षेत्रमा हुने मानवीय अतिक्रमणको कार्य रोकिएको छ ।      आवादी (निजी) जग्गामा गरिएको वृक्षरोपणको असरका कारण मात्रै विगत ३ वर्षयता ५० देखि ६० हजार क्युबिक फुट काठको आपूर्ति हुने गरेको सूचना अधिकारी अवस्थीको भनाइ छ, जसबाट स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत यसले सघाउ पुर्‍याएको छ । रासस

कुरिलोखेतीमा किसानको आकर्षण

सल्यान । पछिल्लो समय सल्यानमा कुरिलोखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरू कुरिलोखेतीमा लागेका हुन् । जिल्लाको कालिमाटी गाउँपालिका–२ टाट्केका किसान सामूहिक कुरिलोखेतीमा जुटेका छन् । शारदा दलित महिला समूहले हरियाली महिला कबुलियती वनमा सामूहिक कुरिलोखेती गरेको हो । कम खर्चमा बढी आम्दानी हुने र कुरिलोखेतीका लागि सल्यानको हावापानी पनि राम्रो भएकाले समूहिक रूपमा खेती गरेको टाट्केका हुमी टमाटाले बताइन् । जंगलमा जमीनको सदुपयोग र आम्दानी पनि हुने भएकाले कबुलियती वनमा कुरिलोखेती गरिएको उनको भनाइ छ । पहिलो वर्ष ३ हजार कुरिलोको बिरुवा रोपिएको उनले बताइन् । ‘थोरै क्षेत्रफलमा पनि राम्रो आम्दानी हुने र यसको जरादेखि डाँठसम्म विक्री हुने भएकाले समूहले निर्णय गरेर सामूहिक खेती शुरू गरेका हौं,’ उनले भनिन् । सल्यानमा कुरिलो प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा विक्री हुँदै आएको छ । मानव स्वास्थ्य र आर्थिक उपार्जनका दृष्टिले समेत लाभदायक हुने थाहा पाएपछि कुरिलोखेतीलाई प्राथमिकता दिएको अर्का किसान बेलबहादुर परियारले बताए । तरकारीको रूपमा प्रयोग हुने कुरिलो पौष्टिक एवं स्वादिलो हुने भएकाले बजारमा यसको माग धेरै रहेको उनको भनाइ छ । कबुलियती वनको झन्डै ५ रोपनी क्षेत्रफलमा कुरिलोखेती शुरू गरिएको उनले बताए । उक्त वनमा १ हजार ५०० टिमुर र ५०० तेजपात समेत रोपिएको उनको भनाइ छ ।

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

काठमाडौँ । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लागेका अभियानकर्मी […]

सामुदायिक वनमा तेजपात

तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात (दालचिनी) का बिरुवा रोपन गरिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा चार सामुदायिक वनमा तेजपातको बिरुवा रोपन गरिएको हो । उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी सालडाँडा, धुसेनी र बसनखन्डी सामुदायिक वनमा ३४ हजार ४०० तेजपातको बिरुवा रोपन गरिएको डिभिजन वन प्रमुख केदार बरालले बताए ।