काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ र प्रादेशिक कार्यालयहरुबाट मनोनयन दर्तामा आवश्यक सहजीकरण मात्रै हुने स्पष्ट पार्नुभएको हो ।
केही दिनयता अविरल वर्षा, बाढीपहिरो लगायत विपद्का कारण कतिपय ठाउँमा आवतजावतमा कठिनाइ हुने भएकाले दलहरुलाई मनोनयन दर्तामा आयोगले सहजीकरण गर्न लागेको हो । उज्यालोसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मनोनयन दर्ताको लागि चा...