मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किन्न अर्थ मन्त्रालयले सहमति दिएको छ । १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख बजेट स्वीकृत गरेको हो ।मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ । प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न