काठमाडौं । सरकारले ७९ वटा कानून संशोधनको लागि प्रस्ताव गरेको छ । बिहीबार सरकारले फौजदारी मुद्दालाई पनि राजनीतिकरण गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लगायतका कानून संशोधनको लागि केही नेपाल ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । राजनीतिक स्वार्थको रोटी सेकाउन गरिएको यो अर्को प्रयासले विधिको शासनमाथि फेरि प्रहार गर्ने निश्चित छ […]