काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको जनाएको छ । यस क्यास ब्याक योजना अन्तर्गत भदौ २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म)क्यास ब्याक पाइने बैंकले जनाए