पश्चिमी न्यून चापीय प्रणालीको असर : शुक्रबारबाट हिमपात

पश्चिमी वायुसँगै आउने  पश्चिमी न्यून चापीय प्रणालीको कारण गते शुक्रबार बिहानबाट नेपालको  सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण   सुदूर पश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहि सुदूर पश्चिम  प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै सुदूर पश्चिम  प्र

सम्बन्धित सामग्री

दैनिक जीवनमा असर पर्ने गरी हिमपात र वर्षासँगै चीसो बढ्ने

काठमाडौं, २० पौष । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मंगलबार राति देखि पश्चिमी नेपालबाट प्रवेश गरेको न्यून चापीय प्रणालीको प्रभावको असर देखिने जनाइएको छ । बुधबार देखि शनिबारसम्म देशभर आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ । शनिबारसम्म पश्चिमी न्यून चापीय प्रणाली देशभर फैलिएर देशका उच्च […]

आजदेखि माैसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै

काठमाडाैं । आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे । आजबाट क्रमश: याे प्रणालीकाे असर हट्दै जाने र दिउँसाे घाम लाग्ने आँकलन महाशाखाका माैसमविद्ले गरेका हुन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको […] The post आजदेखि माैसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आजदेखि मौसममा सुधार आउने

काठमाडौं । आज बिहीबारबाट मौसममा सुधार आउने अनुमान गरिएको छ । आइतबारबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने महाशाखाका मौसमविद्ले बताएका छन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून […]

शुक्रवारदेखि हिमपातको सम्भावना

पुस १, काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल) का कारण शुक्रवारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय  प्रणालीका कारण शुक्रवारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।   सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।  सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम यस वर्षकै कम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस छ ।  त्यस्तै बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव सात डिग्री  र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस छ । रासस

आजदेखि ३ दिनसम्म भारी हिमपात र वर्षाको सम्भावना

नेपालको मौसममा २ प्रणालीको असर सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा देखिएको छ । जसका कारण आज बुधबार साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।यी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।‘बिहीबार रातिदेखि काठमाडौंको मौसम बदली हुने अनुमान छ । पहाडी क्षेत्रमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । जसका कारण तापक्रम घटेर चिसो बढ्ने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।महाशाखाले पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट कमजोर हुँदै जाने तर, आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।

चक्रवातको प्रभावले वर्षाको सम्भावना

जेठ ४, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ । हाल पूर्वी­मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तर­पश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।      सो प्रणालीका कारण बुधवार देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ ।      त्यस्तै बुधवार पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।      बिहीवार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।      ­­­रासस