त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले शितलहर प्रभावित मुसहरको उपचार गर्ने भएका छन्। रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहरलाई डाक्टर केसीले शिविर चलाएर बिहीबारदेखि उपचार सुरु गर्ने उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। केसीसहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल र न्याना लुगा बोकेर रौतहट हिँडेको छ। एक महिनाअघि तराईमा शितलहर चल्न थालेदेखि…