अमेरिकी ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता

काठमाडौं : अमेरिकी मानवरहित विमान (ड्रोन) आक्रमणमा अफगानिस्तानमा अल कायदाका एक नेता मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा नेता यामन अल जवाहिरी मारिएको पुष्टि गरेका हुन्। अमेरिकाको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको आतंकवाद विरोधी कारबाहीमा जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा मारिएको जनाइएको छ। अमेरिकी आक्रमणमा जवाहिरी मारिएको र परिवारका अरु सदस्य सुरक्षित रहेको जनाइएको छ। ७१ वर्षीय जवाहिरीविरुद्ध कारबाहीका लागि अमेरिकी राष्ट्रपति बाइडेनले केही दिनअघि अनुमति दिएका थिए।

सम्बन्धित सामग्री

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ। सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो। इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन। सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्, जहाँ उसले कुर्द

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो।…

इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण

काठमाडौँ । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै हिजो (शनिबार) उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीन वटा रकेट आक्रमण भएको बताएको थियो । अर्को एक विज्ञप्तिमा कुर्दिस सुरक्षा बलले […]

अमेरिकाले गरेको ड्रोन आक्रमणमा निर्दोष अफगानी मारिएको दाबी

अफगानिस्तानमा अमेरिकाले बहिर्गमन गर्दै गर्दा ड्रोन आक्रमण गरेकोमा अमेरिकी सञ्चारमाध्यमले त्यस विषयमा प्रश्न उठाएका छन् ।  न्युयोर्क टाइम्स र वाशिङटन पोस्टले दाबी गरेअनुसार, उक्त ड्रोन आक्रमणमा इस्लामिक स्टेटका लडाकू मारिएको खबर झूटो हो ।  काबुलमा गरिएको उक्त आक्रमणमा अमेरिकाको सहायक समूहका मानिसको मृत्यु भएको थियो । प्राप्त प्रमाणहरूका आधारमा उनीहरूले अमेरिकी सेनाको दाबी पनि खारेज गरेका छन् । सेनाले गाडीमा विस्फोटक पदार्थ भएका दोस्रो विस्फोट भएको दाबी गरेको थियो ।  तर पेन्टागनले ठूलो जोखिमलाई उक्त आक्रम...

अमेरिकाको ड्रोन आक्रमण गैर-कानुनी : तालिबान

१४ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तालिबानले आइतबार अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमण गैर–कानुनी भएको बताएको छ । चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँगको कुराकानीमा तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले तालिबानलाई कुनै सूचना नै नदिई अमेरिकी सेनाले उक्त ड्रोन आक्रमण गरेको बताएका छन् । अर्को मुलुकमा सूचना नै नदिई आक्रमण गर्नु गैर-कानुनी भएको उनको भनाइ छ […]

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम