पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै बजेटमा धेरै राम्रा कुराहरु समेटिए पनि केही नराम्रा कुराहरु पनि समेटिएको र सोमा आफ्नो असहमति भएको बताए । ‘नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरु समेटिएका छन् । कृषिलाई प्राथमिकता दिँदै उत्पादनमा जोड दिने कुरा, पर्यटन, रोजगारीलाई जोड दिने कुरा यस्ता धेरै क