मंसिर १३, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (सोमवार) सम्म रहेको छ ।
कम्पनीले कात्तिक २९ गतेदेखि १५ हजार ८५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
यस शेयरमा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर १३ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।
मंसिर १३ गते कार्यालय समयभित्र प्राप्त भएका बोलपत्र मंसिर १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा टेकुमा खोल्ने कम्पनीले जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।