गण्डकी प्रदेशमा सांसदको शपथ पुस १४ गते

पर्वत : गत मङ्सिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी ज्येष्ठ सदस्य तथा सांसदको पद तथा गोपनीयताको शपथग्रहणबारे जानकारी दिएको हो।पोखराको नदीपुर स्थित प्रदेशसभा हलको कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले बताए। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पुस १३ गते शपथग्रहण गराउने छन्।शपथ ग्रहण

सम्बन्धित सामग्री

फोटो फिचर: गण्डकी प्रदेश सांसदको शपथ ग्रहणको रौनक

गण्डकी प्रदेशसभा सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभा हलमा उनीहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । बस्यालले बुधबारमात्रै प्रदेशप्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका थिए ।

गण्डकीमा सांसदको शपथ पुस १४ मा

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।  पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।  शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ । शपथ लिन आउन मातृभाषमा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद सचिवालयलाई जानकारी दिनुपर्छ ।  प्रदेशसभाका नवनिर्वा