गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ । शपथ लिन आउन मातृभाषमा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद सचिवालयलाई जानकारी दिनुपर्छ । प्रदेशसभाका नवनिर्वा