जनकपुरधाम : जनकपुरधामदेखि भारतीय राज्य बिहारको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा फेरि सुरु हुने भएको छ। २० महिनासम्म स्थगित रहेको जनकपुरधाम–पटना बससेवा भोलि शनिबार पुनः सञ्चालन हुन लागेको हो।कोरोना महामारीका कारण गत वर्ष चैत ३ गते बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।चौधरीले एसी सुविधायुक्त बस प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे पटनाका लागि छुट्