काठमाडौं। इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ, घटनामा अन्य ३१ जना बेपत्ता भएका छन्। देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुन्द्रिक आँधीका कारण १८ डुङ्गा पल्टिएका थिए। उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको सरकारी अधिकारीले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई सकुशल उद्धार गरेका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन्।