काठमाडौँको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा प्रधानमन्त्रीद्वारा छलफल - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन्। बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका […]

सम्बन्धित सामग्री

काठमाडौँको फोहर उठ्न अझै केही दिन लाग्ने - NepaliPatra

काठमाडौँ । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए । “यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चाररपाँच दिनसम्म उठ्ने सम्भावना छैन”, उनले भने, “कि मान्छे हटाऊ, […]

काठमाडौँको फोहर व्यवस्थापनबारे बालेन र जर्मन राजदूतबीच छलफल

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग मंगलबार नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले शिष्टाचार भेट गरेका छन्। भेटका लागि डा. प्रिन्स प्रमुख शाहको कार्यकक्षमा आएका थिए। भेटका क्रममा प्रमुख शाहले, फोहरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए। राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि प्रमुख शाहले आफ्नो योजना सुनाएका थिए।

फोहर व्यस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर बालेनबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।