काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।