काठमाडौं : कोशी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव फेल भएसँगै सरकार ढलेको हो। मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४५ मत पर्यो। पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन।जसपाका सांसदको मत नपाएपछि कार्की नेतृत्वको सर