फूलमाया पुरी-
काठमाडौं: त्रिपुरेश्वर चोकबाट थापाथलीतिर लगभग एकसय मिटर अघि लागेपछि सानो प्रहरी बिट देखिन्छ। बिटसँगै दुई तले मन्दिरजस्तै घर छ।
’नेपाली लोकबाजा संग्रहालय’ लेखिएको बोर्ड टाँगिएको छ यही घरमा। संग्रहालय पस्न यहाँ ढोका छैन। प्रहरी बिटलाई दाहिने पार्दै जाँदा जस्तापाताले बेरिएको बार भएको ठाउँमा पुगिन्छ। बारकै बीचमा छ