बिफिनको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं (अस) । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबार आयोजना गरेको छ । सम्मेलन उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । काठमाडौंमा आयोजित एकदिने सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं पेसागत संघ–संस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । सम्मेलनमा नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका विज्ञबाट ज्ञान साटासाट गरिएको थियो । सम्मेलनमा भारतीय रिजर्व बैंकका पूर्वगभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्वगर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको सहभागिता थियो । सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नु रहेको बिफिनले बताएको छ । विद्युतीय क्रान्तिमा प्रवेश गर्न  बृहत् लगानी, नयाँ सीप तथा क्षमता, नयाँ नियमनकारी व्यवस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचोलगायत विषयमा सहभागीले आ–आफ्ना धारणा व्यक्त गरे । सम्मेलनबाट बैंकिङ सेवाको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधि प्रयोग, वित्तीय क्षेत्रमा देखापर्ने अपराध तथा सुरक्षासम्बन्धी जोखिम सामना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक र भिक्टोरिया युनिभर्सिटी अफ मेलबर्न, अस्ट्रेलिया, सह–प्रायोजकमा एनआईसी एशिया बैंक र पारामाउन्ट मोटर्स प्रालि रहेका थिए । यस्तै, अन्य प्रायोजकमा नेपाल बंगलादेश बैंक, एनसीसी, सेन्चुरी कमर्सियल,  महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स, कृषि विकास बैंकलगायत रहेका थिए ।

सम्बन्धित सामग्री

पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु

ग्लोबल कलेजले आयोजना गरेको पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।

निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।...

मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको पहिलो  अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

पहिलो पटक नेपालमा एपानको ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन हुने

एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ

सुदूरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

धनगढी – सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृति सम्बन्धी अनुभव आदान प्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज ः हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। विश्वविद्यालयका […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन

कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज : हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशीले सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेल

प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

एक अर्ब बढीको लागतमा बनेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।...

काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । व्यवस्थापनको क्षेत्रमा विश्वव्यापी प्रचलन र अध्ययनको बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।

आवास तथा बस्तीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक...