कर्जा ब्याजदर जतिसुकै बेला मनलाग्दी बढाउने गरेका बैंकहरूले अब उप्रान्त त्यसो गर्न नपाउने भएका छन् । बैंकहरूले विभिन्न वहाना देखाएर ऋणीलाई दुःख दिन थालेपछि नेपाल राष्ट्र बैंकले निश्चित समयसम्म ब्याजदर नबढ्ने गरी दिएको कर्जामा मनलाग्दी ब्याज लिन नपाइने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ गरी तीनवटै वर्गका इजाजतप्राप्त संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गरेको हो । यसअघि कर्जा अवधिभर परिवर्तन नहुनेगरी प्रवाहित कर्जामा