काठमाडौं : सरकारी तथ्यांकले नेपालमा गत पुस २१ देखि कोरोनाको संक्रमण फेरि बढेको देखाए पनि माघको तेस्रो साता शुरु हुँदा घट्न थालेको छ।पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेदेखि दोब्बरले दैनिक रुपमा ह्वात्तै बढ्दै गएको थियो।यससँग देशमा कोरोनाको तेस्रो लहर शुरु भएको मानिएको थियो।पुस तेस्रो साता बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही घट्न थालेको छ।माघ ६ गते एकैदिन १२ हजार ३ सय ३८ जना संक्रमित भेटिएका थिए। त्यस दिन २७ हजार ४ सय ९७ जनाको परीक