प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।
१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।