पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक रुपमै राष्ट्रपति रामचन्द्र पौडेलमाथि नागरिकता विधेयकमा तत्कालीन सभामुखको हस्ताक्षरसँग अनुमोदनको हस्ताक्षर गरेर ‘कीर्ते’ गरेको आरोप लगाएकी छन्। राष्ट्रपतिकहाँबाट त्यसको स्पष्टीकरण आएको छैन। विगत ६ महिनामा सरकारले उपलब्धिका रुपमा प्रस्तुत गरेका विषयले नेपालको राजनीति र शासकलाई जनताको नजरमा के थप विश्वसनीय बनाएको छ त?
सवाल नागरिकताको त हुँदै हो। त्योसँगै दाहाल अहिले अमेरिका र भारतलाई रिझाउन लागिपरेका छन्। त्योसँगै चीनसँग असहज कूटनीतिक शैली पनि अपनाउँदै छन् उनी। दाहाललाई