भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज पुष्टि गरेका छन्। कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो। बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई-दुई […]