अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार एकैचोटि ५६ वटा स्टारलिंकका भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । फाल्कन ९ रकेटमार्फत पठाइएका यी स्याटेलाइटसँगै स्पेस एक्सले हालसम्म ३ हजार ८ सय ५८ स्याटेलाइट अन्तरिक्षको लो अर्थ अर्बिटमा पठाइसकेको छ । स्टारलिंक र स्पेस एक्सको यो आक्रामक प्राविधिक पहलले स्याटेलाइट इन्टरनेट सेवामा बढ्दो प्रतिस्पर्धाको अवस्थालाई झल्काउँछ ।