काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा कम्पनी रू. ८५ लाख ७२ हजार नोक्सानीमा रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ७३ लाख पुगेको हो ।
चालू आवमा कम्पनीको आम्दानी घटेकाले र इम्पेयरमेन्ट चार्ज बढेकाले नोक्सानी बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३४ दशमलव १५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ८ करोड ७२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ५ करोड ७४ लाखमा झरेको हो ।
त्यस्तै गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड ५५ लाख रहेकोमा चालू आवमा बढेर रू. २ करोड ६१ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा पनि रू. ४ करोड ७० लाख ऋणात्मक छ ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ५ दशमलव ६८ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव २७ प्रतिशत पुगेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा ऋणात्मक रहेकोमा चालू आवमा पनि २६ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ७२ करोड १४ लाख रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू. १९ करोड ८४ लाख र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ३ करोड २६ लाख ऋणात्मक छ । सोही अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ १० पैसा र तरलता अनुपात ८ दशमलव ९० गुणा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड २४ लाख नोक्सानीमा छ । अघिल्लो आवको चौथो त्रैमासमा भने कम्पनीले रू. ११ करोड २३ लाख नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव १८ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा २३ प्रतिशत घटेको हो । अघिल्लो आवमा कम्पनीले रू. ४५ करोड १५ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. ३४ करोड ७४ लाखमा सीमित भएको छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ११ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशलमव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव १८ रहेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ७२ करोड १४ लाख छ ।
कम्पनीले जगेडामा रू. २२ करोड ४५ लाख, रिटेन्ड अर्निङमा रू. ६७ लाख ७५ हजार र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख सञ्चिति गरेको हो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. ७ करोड २५ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ५० लाख ३२ हजारमात्र नाफा कमाएको छ ।
चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा धेरै रकम छुट्याउँदा नाफा प्रभावित भएको देखिन्छ । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा रू. २ करोड ११ लाख छुट्याएकोमा चालू आवमा रू. ४ करोड ९२ लाख छुट्याएको छ ।
चुक्तापूँजी रू. ६५ करोड ५८ लाख रहेको कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म रू. ३७ करोड ४७ लाख सञ्चित गरेको छ । रू. २ अर्ब ९५ करोड सापटी र रू. १ अर्ब ८१ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब ४१ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ५३, तरलता अनुपात ८ दशमलव ६० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव १४ रहेको छ ।
वैशाख १४, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा सूर्यबहादुर थापालाई नियुक्त गरेको छ ।
गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघिका कम्पनी सचिव गोबिन्द बास्तोलाले व्यक्तिगत समस्याका कारण पदबाट राजीनामा दिएकाले सोही दिनदेखि लागू हुने गरी कानून अधिकृतको रुपमा कार्यरत थापालाई कम्पनी सचिवमा नियुक्त गरेको नेप्सेमार्फत कम्पनीले जानकारी दिएको हो ।