लोकतान्त्रिक वाम गठबन्धनमा मत ट्रान्सफर राम्रोसँग भयो भने प्रदेश १ मा पनि सरकार बन्छ, गण्डकीमा पनि समानुपातिकसहित ६० मध्ये ४० सिट गठबन्धनको हुने देखिन्छ । मत ट्रान्सफर भएन भने गठबन्धनका दलहरू ३० सिट मात्रै जित्ने र गठबन्धन बाहिरका दलले ३० सिट ल्याउने र एउटा विशेष पात्र किङ मेकरका रूपमा उदय हुने देखिन्छ ।