नेकपा माओवादी केन्द्रकी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संसद्को अभिभावकको रुपमा रहेको बताएकी छन् । नेम्वाङको स्मृतिमा एमाले केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै घर्तीले आफू सभामुख हुँदा देखिएका समस्यालाई समाधान गर्न नेम्वाङको अनुभवले काम गरेको बताइन् ।