धेरै तातो पानी पिउने बानी छ ? एकचोटी अवश्य पढ्नुहोस्

सामान्यतया तातो पानी जाडो मौसममा मात्र बढी पिउने गरिन्छ । तर, अहिलो कोभिडको समयमा जाडो मौसम बाहेक जुनसुकै मौसममा पनि तातो पानी पिउनु स्वास्थ्यको लागि एकदमै फाइदा हुन्छ । तातोपानी सेवन स्वास्थ्यको लागि लाभदायक मानिन्छ । 

सम्बन्धित सामग्री

पेट बढ्न थाल्यो ? के गर्ने ?

पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ । यसका लागि समयमा नै विभिन्न उपायहरु अपनाउन आवश्यक हुन्छ । तातो पानी तातो पानी पिउने बानी बसाल्नुहोस् । यसले चिसोबाट बचाउँछ । साथै, पेटको बोसो पगाल्ने काम पनि गर्छ । बिहान दूध हालेको चिया वा कफी पिउनुभन्दा तातो पानी पिउँदा पेट घट्दै जान्छ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तातो पानी पिउने बानीले एक हप्तामा पेट घटेको

तौल घटाउनेदेखि रक्तसञ्चारसम्म चिसोमा तातोपानी पिउनुका ६ फाइदा

गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्नका लागि पानी धेरै पिउनुपर्छ । तर, चिसो मौसममा चिसोको कारण कम पानी पिउने बानी हुन्छ । जसलाई शरीरलाई आवश्यक पानीको मात्रा पुग्दैन र विभिन्न समस्याहरु पैदा हुन्छ । चिसो मौसममा तातो पानी पिएर शरीरलाई डिहाइड्रेशन हुनबाट बचाउन सकिन्छ । चिसो मौसममा तातोपानीले अन्य धेरै फाइदाहरु गर्छ । पाचन प्रक्रियामा सुधार एक अध्ययनका अनुसार तातोपानीले शरीरको मेटाबोलिक रेटमा सुधार आउँछ । जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरुबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानीमा

धेरै तातो पानी पिउने बानी भए आजै हटाउनुहोस्, यस्ता हुन्छन् हानि

एजेन्सी, ३ भदौ । स्वास्थ्यको लागी तातोपानी पिउनु राम्रो हुन्छ। मानिसहरु प्राय जाडो मौसममा तातो पानी पिउन मन पराउँछन् । तर केही मानिसहरुले गर्मीको मौसममा पनि राम्रो मान्छन्। तातो पानी स्वास्थ्यको लागि धेरै लाभदायक मानिन्छ, यसको प्रयोगले धेरै स्वास्थ्य समस्याहरुलाई हल गर्न सक्छ। तर, यसको अत्यधिक उपभोगले शरीरलाई पनि हानी पु¥याउँछ, यदि तातो पानीको अधिक […]

कोरोनामा नागरिकको दायित्व

कोरोनाको दोस्रो लहरलाई कम गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । जति भीडभाड हुन्छ त्यति नै कोरोना फैलने सम्भावना बढी हुन्छ । एकजना संक्रमितले कैयौंलाई संक्रमित तुल्याउन सक्ने भएकाले नागरिक आफै सचेत हुनुपर्छ । सामाजिक दूरी कायम गराउन र मास्क प्रयोग अनिवार्य गराउन सरकारले मात्रै सक्दैन । सरकारले सचेत पार्न मात्रै सक्छ । कोरोनाबाट धेरै मानिसको मृत्य हुन थालेपछि बल्ल मास्क लगाउनेको संख्या बढ्न थालेको छ । केही समयअगाडि मानिसहरू मास्क प्रयोग गर्न छाडिसकेका थिए । भोजभतेर र जात्रा चाडपर्वका नाममा मानिसको भीड भयो । त्यसैको परिणति कोरोना भयावह बनेको हो । भारतमा महाकुम्भ मेला स्थगित गरेको भए समस्या अलिक कम हुन्थ्यो । लाखाैं सहभागी त्यस मेलाबाट नै कोरोना अनियन्त्रित भएको हो । नेपालका पूर्वराजा र रानी पनि त्यही मेलामा गएर आउँदा संक्रमित भएका हुन् । अरू थुप्रै नेपाली पनि कुम्भ मेलामा पुगेका थिए । तिनले पनि कोरोना ल्याएको हुन सक्छ । भारतमा काम गर्ने नेपाली नै नेपालमा कोरोना भित्र्याउने प्रमुख स्रोत हुन् । तर, त्यसलाई फैलाउनेचाहिँ हामी नेपालीको बेवास्ता र हेलचेक्र्याइँ हो । हात नधुने, मास्क राम्ररी नलगाउने तथा नाक कोट्याउने बानी कोरोना सार्न निकै सहयोगी हुन्छ । यी सबै बानी सुधार्न आवश्यक छ । मानव जीवनभन्दा चाडपर्व र जात्रा ठूला हुन सक्दैनन् । तर, केही अतिवादीहरू यसलाई उचालेर जात्रा मनाउनैपर्ने भनी लागिपरेका छन् । कोरोना केही होइन भन्ने सोचले पनि यसमा काम गरेको छ । त्यसैको परिणति हामी भयंकर समस्यामा परेका छौं । सरकार कमजोर छ । स्वास्थ्य प्रणाली निकै कमजोर छ । त्यसमा पनि सरकारी कर्मचारीमा आफन्तवाद छ । यस्तोमा कुनै व्यक्ति संक्रमित भए उपचार पाउन कठिन छ । पैसा हुनेले निजी अस्पतालमा उपचार पाएका छन् । त्यहाँ उपचार गराइरहेकाले पनि ठूलो रकम तिरेर पनि अस्पतालले राम्ररी नहेरेको भन्दा सतर्क हुन अरूलाई आग्रह गरिरहेका छन् । तैपनि मानिसहरूमा सतर्कता छैन । जहाँ सतर्कता छ त्यहाँ यो भयंकर समस्या बनेको छैन । जहाँ लापर्बाही छ त्यही यसको संक्रमण तीव्र छ । अहिले भारतबाट भित्रिएको भाइरसको नयाँ भेरिएन्ट डरलाग्दो नै छ भन्ने विज्ञको भनाइबाट बुझ्न सकिन्छ । भाइरस मार्न सक्ने तŒवलाई छल्दै शरीरमा फैलन सक्ने भएकाले यो डरलाग्दो मानिएको हो । त्यसैले हामी आफै सचेत बनौं । घरबाहिर सकेसम्म नजाऔं जानै परे मास्क प्रयोग गर्ने र घरमा आउनासाथ साबुनपानीले हात धुने बानी बसालौं । मुख्य कुरा नाकबाट भाइरस प्रवेश गर्ने सम्भावना आउनै नदिऔं । घरभित्रै आफन्तबीच पनि सकेसम्म दूरीमा बसौं । तातो पानी प्रशस्त पिउने गरौं । तागतिलो खाने कुराले पनि भाइरसविरुद्ध लड्न सहयोग गर्छ । अरूको लहै लहैमा नलगौं भाइरोलजिस्टका कुरा मानौं । आफै जान्नेसुन्ने भई जथाभावी सुझाव दिनेहरूबाट सतर्क रहौं । यो समस्या मुलुकले समाधान गर्न सक्दैन । जनता आफै लागे संक्रमण निकै कम गर्न सकिन्छ । त्यसैले सतर्क रर्हौ, सावधान रहौं र कोरोना सर्न सक्ने सम्भावनाबाट आफै जोगिऔं । श्याम श्रेष्ठ धर्मस्थली, काठमाडौं ।