तौल घटाउनेदेखि रक्तसञ्चारसम्म चिसोमा तातोपानी पिउनुका ६ फाइदा

गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्नका लागि पानी धेरै पिउनुपर्छ । तर, चिसो मौसममा चिसोको कारण कम पानी पिउने बानी हुन्छ । जसलाई शरीरलाई आवश्यक पानीको मात्रा पुग्दैन र विभिन्न समस्याहरु पैदा हुन्छ । चिसो मौसममा तातो पानी पिएर शरीरलाई डिहाइड्रेशन हुनबाट बचाउन सकिन्छ । चिसो मौसममा तातोपानीले अन्य धेरै फाइदाहरु गर्छ । पाचन प्रक्रियामा सुधार एक अध्ययनका अनुसार तातोपानीले शरीरको मेटाबोलिक रेटमा सुधार आउँछ । जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरुबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानीमा