पुस २९ गते लाभांश पारित गर्दै यी ४ कम्पनी, कसले कति दिंदैछन् लाभांश ?

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही पुस २९ गते लाभांश पारित गर्दैछन् ।  यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं दिउँसो १२ बजेर १५ मिनेटमा शुरू हुनेछ । सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । यस्तै, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बानेश्वर ब्याङ्क्वेट, बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान १० बजे सभा शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अन्तिम स्वीकृति दिनेछ । हाल कम्पनीको चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको नियमावली संशोधन गर्ने विषय पनि सभका लागि तय भएको छ । साधरण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो ।  त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पुस २९ गते नै साधारण सभा गर्न लागेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे नेप्सेकै कार्यालय शान्तिमार्ग, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिशत सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिले प्रस्ताव गरेअनुरूप हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६४ प्रतिशत दरले हुन आउने ६४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । शेयरधनीहरूलाई सभामा उपस्थितिका लागि १० बजेदेखि हाजिरी पुस्तिका खुला गरिने जानकारी नेप्सेले दिएको छ । गत वर्ष शतप्रतिशत नगद लाभांश वितरण गरेको नेप्सेले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो । राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यस वर्ष ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले लाभांशसमेत अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ । हाल संस्थापक शेयरधनीहरूको मात्र स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने तयारीगरेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

कामना सेवाको लाभांश पारित

कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को लाभांशबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्सोरेन्सको २७ औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत बोनस सेयरमा लाग्ने करसमेत जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको हो । साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पनि […]

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ – नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। समीक्षा वर्षको […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

एभरेष्ट बैंकको लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र सात...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र...

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

रिलायन्स फाइनान्सको १० प्रतिशत लाभांश पारित

काठमाडौं, २२ बैशाख । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश पारित गरेको जनाएको छ । संस्थाको आज ११ औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।