कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का विजयी

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का निर्वाचित भएका छन्। खड्का ३६६ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनले चित्रहादुर डाँगी निर्मललाई हराएका छन्। डाँगीले २६६ मत प्राप्त गरेका थिए। सचिवमा आरके शितल र हिमबहादुर डाँगी निर्वाचित भए।