काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पर्वलक्षित विशेष सरसफाइका क्रममा दैनिक २ ट्रिपर थप फोहर सङ्कलन गरिरहेको छ ।
पर्वलक्षित अभियान अन्तर्गत नियमित सफाइसँगै शक्तिपीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।
विभाग र महानगर प्रहरी बलबाट खटिने जनशक्तिसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका जनशक्तिलाई विशेष सरसफाइ, स्वच्छता र सुन्दरता अभिवृद्धि गर्ने काममा लगाएको उहाँले बताउनुभयो । विशेष सफाइ आज बन्द रहन...