काठमाण्डौ महानगरले आजदेखि कुहिने र नकुहिने वर्गीकरण गरेर मात्रै फोहर उठाउने

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहर सङ्कलन गर्न थालेको छ । महानगरले यसअघि सार्वजनिक तालिका अनुसार आज कुहिने फोहर सङ्कलन हुनेछ । महानगरले कुहिने फोहर आइतवार र बुधवार तथा नकुहिने फोहर सोमवार र शुक्रवार सङ्कलन गर्नेछ । तोकिएअनुसार नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ । महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहर वर्गीकरण गर्न अनुरोध गरेको थियो । फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुनेछ । काठमाण्डौ महानगरको वातावरण विभाग प्रमुख सरीत...