बागमती प्रदेशमा नेकपा एमालेलाई सरकारबाट विस्थापन गर्न काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका दलहरु सहकार्यको खाका कोर्न थालेका छन् । यद्यपि एमाले विभाजनको लेखाजोखापछि नै सरकार परिवर्तनबारे प्रस्ट खाका बन्ने सम्बद्ध नेताहरु बताउँछन् ।नेकपा एमालेले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन गरे पनि एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न थालेको हो ।गठबन्धनका तर्फबाट