मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई पदमुक्त गरेको छ । प्रदेश सरकारले सोमबार डा.यादवलाई पदमुक्त गरेको हो । प्रादेशिक अस्पतालको सम्पूर्ण सम्पति मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत भएपछि डा.यादवलाई पदमुक्त गरिएको बताइएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७७ को दफा २५ अनुसार गत चैत ६ गते प्रादेशिक अस्पतालको चलअचल सम्पत्ति लगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ ।प्रादेशि