२ भदौ, काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्ध लड्न सहयोग पुर्याउनका लागि थप स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथ काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क हस्तान्तरण गरे । यी तरल अक्सिजन प्रणालीहरू […]