काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्दा तराई/मधेशमा ठूलो प्राकृतिक सङ्कट आउने बताउनुभएको छ । अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताउनुभएको छ ।
उहाँले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराई/मधेशमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताउनुभएको छ । ब...