बखतियार अलि सर्लाही, साउन २२ । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई सरकारले ‘महामारी’ घोषणा गर्नुपर्ने बताएका छन् । रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि अध्यक्ष यादवले सुझाव दिए । रामनगर गाउँपालिकामा आफूले यो रोग फैलिन नदिन पालिकाका सातै वडाहरूमा ७ […]