राप्रपा नेपालले संघीय निर्वाचनअघि संगठन सुदृढीकरणलाई प्राथमिकता दिने भएको छ । यस्तै केही सीमित चुनावी क्षेत्रमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने र बाँकी क्षेत्रहरुमा एकल रुपमा उम्मेदवार खडा गर्ने राप्रपा नेपालले नीति लिएको हाे । सोमबारदेखि राजधानीमा सुरु भएको राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले पार्टीको मुख्य अवधारणा, प्राथमिकता, रणनीति, कार्यनीति र कार्यदिशाबारे स्पष्ट गरेका हुन् । ‘सकारात्मक परिवर्तनका लागि राष्ट्रवादी शक्तिको निर