प्रदेश १ सरकार गठन भएको साढे तीन वर्ष पुग्यो । तर, अझै पनि प्रदेशको नामकरण भने हुन सकेको छैन ।
अहिले नामकरणकै विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
विपक्षी दलहरूले प्रदेश सरकारले नामको विषयमा चासो नदिएको आरोप लगाउँदै आइरहेका छन् ।
मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने उद्घोष गरेका थिए । केही दिनअघि नामकरणका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग मुख्यमन्त्रीले छलफल पनि गरे । तर, त्यसपछि भने उनी मौन छन् ।
मुख्यमन्त्रीले अहिलेसम्म गरे...