काठमाडौं : मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा ल्याउन बन्द गरिएपछि ट्यांकर र जार व्यवसाय फस्टाउँदै गएको छ। मेलम्ची पानी वर्षात् सुरु भएसँगै जेठ १७ गतेबाट उपत्यकामा ल्याउन बन्द गरिएको थियो। मेलम्ची खानेपानी आयोजना विकास समितिले पहिला जस्तै बाढीबाट क्षति नहोस भनी बेलैमा पानी बन्द गरेको हो। मेलम्ची पानी नआएपछि उपभोक्ताहरू यतिखेर जार र ट्यांकरको पानी उपभोग गरिरहेका छन्। काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अनुसार मेलम्ची पानी आउँदा ट्यांकर पानीको माग सिजन अनुसार ७५ प्रतिशतसम्म