काठमाडौं महानगरपालिका प्रमुख बनेर दशकौंदेखिको समस्या सजिलै समाधानगर्ने लक्ष्य र जनताले पत्याउने योजना बोकेर अघि बढेका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको गतिमा कुनै कमी आएको छैन । अहिलेसम्म गणना भएका क्षेत्रमा बालेनको अत्यधिक अग्रता महानगरको कोर क्षेत्र अर्थात् नेवारहरुको भित्री बस्ती)मा पुगेपछि रोकिने र आफू विजयी हुने दावी एमाले उम्मेद्वार केशव स्थापित र नेपाली कांग्रेसकी …