नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले शुक्रबार यस्तो निर्णय गर्दै सरकारलाई केही दिनभित्रै न्यूनतम पनि करोड रुपियाँभन्दा बढी हस्तान्तरण गर्ने जनाएको छ ।